कर्णाली प्रदेशमा सडक दुर्घटना बढ्दै

कमल कुमार न्यौपाने
कर्णाली प्रदेशमा पछिल्लो १ बर्ष भन्दा ६ महिनामा सवारी दुर्घटना बढेको पाईएको छ । आज प्रदेश कार्यालयले पत्रकार सम्मेलन गदै यस्तो बताएको हो । आर्थिक बर्ष २०७८÷२०७९ मा ३७० सवारी दुर्घटना भएको पाईएको छ । जसमा १८० जना मानिसको मुत्यु भएको छ भने ३६२ जना गम्भिर घाईते भएका छन् । यस्तै सामान्य घाईते ५८८,छाडा चौपाएका कारण ५ जनाले ज्यान गुमाएका छन् भने १ जना घाईते भएको ट्राफिक कार्यालयले जनाएको छ । यस्तै पछिल्लो ६ महिनामा १६४ दुर्घटनामा ११९ जनाले सडक दुर्घटनाका कारण ज्यान गुमाएका छन् भने ३०० जना घाईते भएका छन् । सडक दुर्घटनालाई रोक्न ट्राफिक कार्यालय तथा अन्य सडकसगै नजिक रहेको निकायहरु लागेको र केही हत सम्म भएपनी दुर्घटनालाई रोक्ने प्रयासहरु भईरहेका प्रदेश ट्राफिक कार्यालयका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close