कर्णालीका मुख्यमन्त्री शाहीले दिए राजीनामा (भिडियाे सहित )

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा दिएका छन्। सोमबार बेलुका प्रदेशबासीको नाममा सम्बोधन गर्दै उनले राजीनामा घोषणा गरेका हुन्।

नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसबीच सरकारको नेतृत्वमा आलोपालो गर्न भएको सहमति कार्यान्वयन गर्ने अन्तिम दिन आज मुख्यमन्त्री शाहीले राजीनामा घोषणा गरेका हुन्।
वैशाख २ गते नेपाली कांग्रेस र हाल सरकार सञ्चालन गरिरहेको माओवादी केन्द्रबीच कर्णाली प्रदेशमा सरकार आलोपालो सञ्चालन गर्ने सहमति भएको थियो। बढीमा कात्तिक १५ गतेसम्म माओवादीले सरकारको नेतृत्व गर्ने र त्यसपछि कांग्रेसले नेतृत्व लिने सहमति भएको थियो।
‘सत्ता गठबन्धनमा ईमानको राजनीतिको बाटोमार्फत सत्ता साझेदार दल नेपाली काँग्रेसलाई सत्ता हस्तान्तरण गर्न चाहन्छु,’ राजीनामा घोषणा गर्दै उनले भने, ‘अब बन्ने सरकारलाई मेरो पूर्ण सहयोग हुनेछ।
कांग्रेस कर्णाली प्रदेश सभा दलले सहमति कार्यान्वयन नगरे अर्को विकल्पमा जाने योजना समेत बनाएको थियो। सहमति अनुसार आज चार बजेसम्म मुख्यमन्त्री शाहीले राजीनामा दिइसक्नुपर्ने थियो।
मुख्यमन्त्री शाहीको राजीनामा घोषणासँगै कांग्रेस संसदीय दलका नेता जीवन बहादुर शाही मुख्यमन्त्री बन्ने भएका छन्।

Back to top button
Sky Rocket Your Agency Income
Get Our Free Guide to
Close