बालेनलाई भीम रावलको प्रश्न : अमेरिकी राजदूत भेट्दा परराष्ट्रबाट अनुमति लिएको हो ?

काठमाडौं : नेकपा एमालेका नेता भीम रावलले काठमाडौं महानगरका मेयर बालेन साहले अमेरिकी राजदूत भेटेको विषयमा प्रश्न उठाएका छन्।

ट्वीटरमा लेख्दै रावलले राजदूत भेट्नका लागि परराष्ट्र मन्त्रालयबाट अनुमति लिएको हो कि होइन? भनेर प्रश्न गरेका हुन्।

परराष्ट्र सम्बन्ध संघीय सरकारको मातहतमा रहने संविधानको स्पष्ट व्यवस्था रहेको भन्दै उनले संविधान र स्वाधीन देशको स्वाभिमान र मर्यादाको रक्षा गर्न पनि आग्रह गरेका छन्।

‘नेपालको परराष्ट्र सम्बन्ध संघीय सरकारको मातहतमा रहने संविधानको स्पष्ट व्यवस्था छ। कामपाका प्रमुख वालेन साहाले अमेरिकी राजदूतसंग भेटवार्ता बारे विषय जानकारी गराई परराष्ट्र मन्त्रालयबाट अनुमति लिएको हो कि होइन? स्पष्ट गरियोस्। रावलले लेखेका छन्, ‘संविधान र स्वाधीन देशको स्वाभिमान र मर्यादाको रक्षा गरौं।’

​मेयर साह र नेपालका लागि अमेरिकी राजदूत डीन थम्पसनबीच बिहीबार भेटवार्ता भएको थियो।

 

Back to top button
Sky Rocket Your Agency Income
Get Our Free Guide to
Close