सभापति देउवा निवासमा कांग्रेस पदाधिकारी बैठक जारी

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । उनले पार्टीको आशन्न महाधिवेशनका बारेमा छलफल गर्न पदाधिकारी बैठक बोलाएका हुन् । बूढानीलकण्ठस्थित देउवा निवासमा जारी बैठकमा पदाधिकारीसँगै पूर्वपदाधिकारी पनि सहभागी छन् । बैठक चलिरहेको सभापति देउवाका स्वकीय सचिव भानु देउवाले पुष्टि गरेका छन् ।

बैठकमा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उसभापतिद्वय विमलेन्द्र निधि र विजयकुमार गच्छदार, महामन्त्रीद्वय डा. शशांक कोइराला र पूर्णबहादुर खड्का, सहमहामन्त्री डा. प्रकाशशण महत, कोषाध्यक्ष सीतादेवी यादव, पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला, नेताहरु गोपानमान श्रेष्ठ, अर्जुननरसिंह केसी रामशरण महत र प्रवक्ता विश्वप्रकाश शर्मा सहभागी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close