धुम्बाराही ‘असुरक्षित’ भन्दै बालुवाटारमै बस्ने भयो नेकपा सचिवालय बैठक

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकको स्थान परिवर्तन भएको छ।

यसअघि १३ मंसीरमा बालुवाटारमा बसेको सचिवालय बैठककले मंगलबार धुम्बाराहीमा बैठक बस्ने तय गरेको थियो। तर, महासचिव विष्णु पौडेलले मंगलबार बिहान सचिवालय नेताहरूलाई आजको बैठक पनि बालुवाटारमै बस्ने खबर पठाएका छन्।

सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै धुम्बाराहीको साटो बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमै बस्ने खबर प्राप्त भएको सचिवालयका एक नेताले बताए।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले पनि बैठक बालुवाटारमै बस्ने पुष्टि गरे।

मंगलबारको बैठकमा दुवै अध्यक्षको राजनीतिक प्रतिवेदनमाथि छलफल हुनेछ। १३ मंसीरको बैठकमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले आफ्नो तर्फबाट प्रस्ताव पेश गरेका थिए।

त्यसअघि २८ कात्तिकको बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहालले एकल प्रस्ताव पेश गरेका थिए। ओलीले त्यसको जवाफ पेश गरेका हुन्।

मंगलबारको बैठकमा छलफल नसकिए बैठक लम्बिने सम्भावना छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close