नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै छ ।
दिउँसो ३ बजे बस्ने बैठकमा आज सदस्यहरुले धारणा राख्ने छन् । बिहीबारको बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समसामयिक राजनीतिक परिस्थितिको ब्रिफिङ गर्नुभएको थियो ।
आजको बैठकमा नेताहरूले गृहमन्त्री चयन, राष्ट्रपति निर्वाचन र पार्टीको जिम्मेवारी हेरफेर लगायत विषयमा धारणा राख्ने एक नेताले बताए ।
उनले गृह मन्त्रालय रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी लाई दिने कि नदिने भन्ने विषयले गठबन्धन संकटमा परेको ब्रिफिङ गरेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close