बराहताल गाउँपालिकाको बजेट ६२ करोड ७१ लाख

बराहताल गाउँपालिकाले आर्थिक वर्षको २०७९/०८० का लागि ६२ करोड ७१ लाख आठ हजार ६ सय २३ रुपैयाँको बजेट ल्याएको छ । गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी पुन मगरले गाउँसभामा बजेट पेश गरेकी हुन् ।

बजेटमा चालु खर्चतर्फ ३९ करोड ६४ लाख ५८ हजार ६ सय २३ रुपैयाँ र पूँजीगत तर्फ २३ करोड ६ लाख ५० हजार बजेट विनियोजन गरिएको छ । सडक, शिक्षा, स्वास्थ्य, विद्युतीकरणलाई प्रमुख प्राथमिकतामा राखि बजेट विनियोजन गरिएको हो ।

बजेटमा वडाका लागि ५ करोड, विषयगत शाखाहरुलार्य १ करोड ९३ लाख ५८ हजार ६ सय २३ रुपैयाँ र गाउँपालिका योजनाका लागि ५५ करोड ७७ लाख ५० हजार रुपैयाँ विनियोजन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close