राजश्व तथा नवीकरण शुल्क मिनाह गर्न संघको माग

४ श्रावण, सुर्खेत । कोरोना भाइरस कोभिड १९ को दोश्रो लहरका कारणले बन्द रहेको उद्योग कलकारखाना व्यापार व्यावसायहरुको उद्योग व्यापार बाणिज्य क्षेत्रमा लाग्ने राजश्व कर, नवीकरण तथा हर्जना शुल्कलाई पुरा मिनाह गर्नका लागि आज ज्ञापन पत्र बुझाइएको छ ।

सुर्खेत उद्योग बाणिज्ज संघले उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय सुर्खेतमा संघका वरिष्ठ उपाध्यक्ष हर्षविक्रम खड्काले कार्यालयका निर्देशक मुकुन्दनाथ योगीलाई ज्ञापन पत्र बुझाउनुभएको हो ।

ज्ञापन पत्रमा कोरोनाको पहिलो र दोश्रो लहरले पटकपटकको लकडाउनले उद्योग व्यापार निकै जर्जर अवस्थामा पुगेको र अझै पनि कोरोनाको संक्रमण नियन्त्रणमा आइनसकेको अवस्थामा त्यसैमाथि तेश्रो लहरको भए र त्रासले पसल बजार उद्योग कलकारखानले अपेक्षाकृत चलाएमान गति लिन नसकेको उल्लेख छ ।

त्यस्तै ज्ञापन पत्रमा निजी क्षेत्रको भावना र मर्मलाई बुझि संस्थागतरुपमा आफ्नो अभिभावकिय भूमिका एवं जिम्मेवारी निर्वाह गर्दै कोरोनाकालको हाल सम्मको अवधीलाई शुन्य अवधी मानि नवीकरण तथा राजश्व शुल्कलाई पूर्णरुपमा मिनाहा गरिदिन उल्लेख छ ।

ज्ञापन पत्र ग्रहण गर्दै कार्यालयका निर्देशक मुकुन्दनाथ योगीले आफ्नो तर्फबाट यो कार्य सम्बोधन गर्दै नितिगतरुपमा अगाडी बढाउन पहल गर्ने बताउनुभयो ।

Back to top button
Sky Rocket Your Agency Income
Get Our Free Guide to
Close