भूमिमन्त्री अर्यालले भनिन्- ओली सरकारको विकल्प छैन

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले केपी ओली सरकारको विकल्प नभएको बताएकी छन्।

आज वालिङ-१२ को छाप कौलाशे लिफ्टिङ खानेपानी उप-योजनाको शिलान्यास गर्दै मन्त्री अर्यालले ओली सरकारको विकल्प नरहेको र दुविधामा नरहन आग्रह गरिन्।

“नेकपाभित्रको विवादलाई लिएर सरकारको भविष्य माथि के हुन्छ भन्ने प्रश्नहरू उठेका छन्। यसमा कुनै दुविधा छैन। ओली सरकारको विकल्प छैन,” उनले भनिन्।

वर्तमान सरकार ५ वर्षसम्म निरन्तर रहने भन्दै मन्त्री अर्यालले ओली सरकारले नै देशलाई परिर्वतन गर्ने दिशामा अगाडि बढेको दाबी गरिन्।

कम्युनिष्ट पार्टी एक गतिशील पार्टी भएकाले छलफल र विवाद स्वभाविक भएको उनको भनाइ थियो।

तातोपानीले घर नजल्ने भन्दै मन्त्री अर्यालले कम्युनिष्ट पार्टी एक ढिक्का रहने दाबी गरिन्।

सरकारले सन् २०३० सम्म दिगो विकास लक्ष्य हासिल गर्ने उद्देश्यका साथ जनताको आधारभूत आवश्यकता पूरा गर्न अगाडि बढेको मन्त्री अर्यालले बताइन्।

यस्तै उनले जनताको आधारभूत आवश्यकता स्वास्थ्य, शिक्षा, खानेपानी जस्ता आवश्यकतालाई परिपूर्ति गर्न विभिन्न योजनाका साथ अगाडि बढेको बताइन्। “जनता अब डोको र नाम्लोबाट मुक्त हुनेछन्, घर-घरमा धारा जडान हुनेछ,” उनले भनिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close