तनहुँ घटनालाई लिएर काँग्रेस पदाधिकारी बैठक बस्दै

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको पदाधिकारी बैठक बोलाइएको छ। काँग्रेस समहमहामन्त्री डा. प्रकाशसरण महतले पादाधिकारी बैठक बोलाइएको जानकारी दिए। उनका अनुसार तनहुँ घटनालाई लिएर छलफल गर्न पदाधिकारी बैठक बोलाइएको हो।

बुधबार तनहुँको ब्यास नगरपालिकामा पुल उद्घाटन गर्न पुगेका काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको थियो। सो विषयलाई लिएर सरकारको निकै आलोचनासमेत भएको छ। बुधबार पुल उद्घाटन गर्न नपाएका पौडेलले बिहीबार भने पुल उद्घाटन गरेका छन्। उनी शुक्रबार काठमाडौं फर्किँदै छन्।

काँग्रेसले पौडेलको गिरफ्तारीलाई सर्वसत्तावादको संकेत भनेको थियो। र बिहीबार लगभग सबै जिल्लामा सरकारविरुद्ध प्रदर्शनहरु भएका थिए। यही विषयमा छलफल गर्न पदाधिकारी बैठक बोलाइएको हो।

Back to top button
Sky Rocket Your Agency Income
Get Our Free Guide to
Close