नेकपाका नेताहरु चढेको गाडीलाई चामल सहित काँग्रेसका कार्यकर्ताहरुले नियन्त्रणमा

फिदिम । मतदातालाइ बाड्ने उद्धेस्यले चामल बोकेर आएका नेकपाका नेताहरु चढेको गाडीलाई नेपाली काँग्रेसका कार्यकर्ताहरुले नियन्त्रणमा लिएका छन् ।

मौन अवधिको समयमा खाद्य समग्रि सहित नेकपाका नेताहरु हिलिहाङ ७ तीनधारेको गाँउमा छिरेपछि बिहिबार राति ११ बजे काँग्रेस कार्यकर्ताले गाडी सहित चामल नियन्त्रणमा लिएका हुन् ।

मे १ ज २८८१ नम्बरको पिकअपमा रहेको दुई बोरा चामल सहितको खाद्य सामग्रि नेपाल तरुण दलको नेतृत्वमा काँग्रेस कार्यकर्ताले नियन्त्रणमा लिएको तरुण दल अध्यक्ष सुमन लामाले जानकारी दिए । काँग्रेस कार्यकर्ताको नियन्त्रणमा रहेको गाडी र खाद्यसमाग्रि नेपाल प्रहरीको जिम्मामा लगाइएको छ ।

नेकपाका नेता सहित चामल बोकेर गाँउ छिरेको उक्त गाडी  कात्तिक २१ गतेदेखि नेकपाबाट हिलिहाङ ७ मा वडाध्यक्षको उम्मेद्धार बनेका गेहनाथ रिजालले भाडामा लिएका हुन् । नेकपाका  उम्मेद्धार रिजालले  २५ दिनका लागि आफ्नो गाडी भाडामा लिएको चालक बिनोद तिम्सिनाले बताए ।  ‘एक लाख रुपैँयामा २५ दिनका लागि नेकपा उम्मेद्धारले गाडी भाडामा लिनुभएको छ,’ तिम्सिनाले भने ।

गाडी नियन्त्रण भएको स्थानमा नेकपा नेता तथा जिल्ला समन्वय समिति पाँचथरका संयोजक बिमल सापकोटाको समेत उपस्थिति थियो । घटनाक्रम हेर्दा नेकपाको गलत नियत देखिएपनि आफूहरुले त्यस्तो गर्न नखोजेको उनले बताए । ‘मतदातालाई बाड्नका लागि खाद्यसामग्रि ल्याएको जस्तो देखियो,’ सापकोटाले भने ‘तर, हाम्रो त्यस्तो नियत थिएन ।’

काँग्रेस कार्यकर्ताले गाडी नियन्त्रमा लिएपछि प्रहरीले गाडी सहित खाद्य सामग्रि सदरमुकाम फिदिम ल्याएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close