लाटीकोईली स्वास्थ्य चौकीमा विशेषज्ञ सहित ईसिजि र भिडियो एक्सरे सेवा शुभारम्भ

१३ श्रावण, सुर्खेत । वीरेन्द्रगर नगरपालीका वडा नं ९ स्थित लाटीकोईली स्वास्थ्य चौकीमा आजदेखि विशेषज्ञ सहित ईसिजि र भिडियो एक्सरे सेवा शुभारम्भ भएको छ ।

कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरको दक्षिण तर्फ अवस्थित सबैभन्दा धेरै जनसंख्या रहेको वडामा आज एक कार्यक्रम विच उक्त सेवा शुभारम्भ गरिएको हो । कार्यक्रमका अतिथी विद्याभूषण मानन्धरले सेवा सुचारु भएसंगै यस क्षेत्रका स्थानियहरु थप उपचारका लागी प्रदेश अस्पताल जानु पर्ने बाध्यता हटेको बताउनुभयो ।

त्यस्तै अतिथी ध्रुवकुमार श्रेष्ठले आफ्नो अधिवक्ता पेशा पनि सेवा प्रदान भएको त्यस्तै डाक्टर पेशा पनि सेवा प्रदान गर्नु नै भएता पनि जब कुनै व्यक्तिले उपचार सहित सेवा पाएर निको भएको जान्छ तब मात्र आफुले दिएको सेवा पुरा भएको लाग्ने बताउँदै उहाँले स्वास्थ्य चौकीलाई सहयोग प्रदान गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

अतिथी डम्बर बिक्रम जिसीले डाक्टर अध्ययन प्रश्चात केहि आम्दानी गर्नका लागी क्लीनिकमा मात्र बसेर सेवा प्रदान गर्नु भन्दा पनि आफ्नो स्थानमा सेवा प्रदान गर्नु पनि महान् कार्य भएको बताउनुभयो ।

कार्यक्रममा वीरेन्द्रनगर नगरपालिका उपप्रमुख मोहनमाया ढकालले आफूहरु निर्वाचित भएर आएदेखि नै स्वास्थ्य सेवालाई नै पहिलो प्रथामिकतामा राखि कार्य गरेको जिकिर गर्नुभयो ।

कार्यक्रमका प्रमुख अतिथी एवंम् नगरप्रमुख देवकुमार सुवेदीले श्रोत साधन र दक्ष कामदारको अभावमा यस स्वास्थ्य चौकिले माथिल्लो तहको सेवा दिई रहेको र उक्त कार्य सम्मान जनक रहेको बताउनुभयो । उहाँले भन्नुभयो ‘हामि जनप्रतिनिधिहरु निर्वाचित भईसकेपछि धेरै शिलान्यास र उद्घाटनका कार्यक्रमहरु गर्दै हिड्छौ तर त्यो कार्य पुरा भएकि भएका छैन् भनि सुसुचित बनाउनु जनताको पनि उत्तिकै दायित्व रहन्छ ।”

कार्यक्रमका सभापती वडा नं ९ का वडा अध्यक्ष सुरेश मानन्धरले हाल हाडजोर्नि बिशेषज्ञ डाक्टर शुभ श्रेष्ठ, स्त्री रोग बिशेषज्ञ डाक्टर कृतिका थापा र रेडियोलोजिष्ट बिशेषज्ञ डाक्टर डिबि गुरुडले प्रत्येक हप्ता निशुल्क सेवा दिने र निकट भविष्यमा नै जनरल फिजिशियन र छाला रोग बिशेषज्ञद्वारा सेवा प्रदान गर्ने जानकारी दिनु भयो ।

कार्यक्रममा निशुल्क चिकित्सकिय सेवा प्रदान गर्नुहुने स्त्री रोग विषेशज्ञ डा. कृतिका थापालाई सम्मान गरिएको थियो ।

Back to top button
Sky Rocket Your Agency Income
Get Our Free Guide to
Close