११ सय मतगणना गर्दा कँडेल ५५१, खड्का ५२७

सुर्खेत उद्योग वाणिज्य संघको ११ सय मतगणना गर्दा लक्ष्मण कँडेलले ५५१ मत प्राप्त गरेका छन भने अर्का अध्यक्षका दावेदार हर्षविक्रम खड्कले ५२७ मत प्राप्त गरेकाे निर्वाचन समितिले जनाएको छ ।

मतगणनाको परिणाम हेर्दा २४ मतकाे अन्तर रहेकाे छ । निर्वाचन समितिका अनुसार मतगणना प्रक्रिया सोमबार बिहानादेखिनै जारी रहेको छ । सुर्खेत उद्योग वाणिज्य संघको नयाँ नेतृत्वको लागि भएको निर्वाचनमा जम्मा २०५८ जना मतदाता रहेका थिए भने १८२४ मत खसेको छ । संघको १३ औं कार्यसमितिको नयाँ नेतृत्वका लागि आइतबार निर्वाचन भएको हो ।

Back to top button
Sky Rocket Your Agency Income
Get Our Free Guide to
Close