आर्थिक सहायता सिफारिस निशुल्क-नगर प्रमुख चन्द

भेरीगंगाको छैठौँ नगरसभा

सुर्खेत, २९ पौष ।
भेरीगंगा नगरपालिका सुर्खेतको छैठौँ नगरसभा मंगलबार उद्घाटन भएको छ । सभाको उद्घाटन नगर प्रमुख भुपेन्द्र बहादुर चन्दले गरेका छन् ।
सभालाई सम्बोधन गर्दै चन्दले नगरको विकासका लागि सबैको मेलमिलाप आवश्यक रहेको बताए । उनले नगरपालिकाको विकास र योजना कार्यान्वयनका लागि सबैको सहभागिता अनिवार्य हुनुपर्ने बताए ।
प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद पौडेलले नगरसभाले गरेका निर्णय बमोजिम तुरुन्त आवश्यक प्रक्रिया अघि बढाउने बताए । उनले नगरको विकासका लागि जनप्रतिनिधीहरुले दुर दृष्टिले निर्णयहरु गर्नुपर्ने बताए । जनताको आवश्यकतालाई यथासक्य कार्यान्वयन गर्दै अघि बढ्नुपर्नेमा उनको जोड थियो ।
नगरसभाले विभिन्न निर्णय समेत गरेको छ । आम नागरिकको लागि आर्थिक सहायता सिफारिसलाई अनिवार्य निशुल्क गराउने, साविक रामघाट रानीघाटमा तटबन्धनको लागि नेपाल सरकार, प्रदेश सरकार, भेरी बबई बहुउद्धेश्यीय आयोजना, जलउत्पन्न प्रकोप नियन्त्रण आयोजनामा अनुरोध गर्ने निर्णय समेत भएको छ । आगामी माघ १० गते छैठौँ नगरसभाको दोश्रो बैठक बस्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close