काठमाडौंमा पहिलो हिउँदे वर्षा

आज काठमाडौंमा वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार चटयाङ र मेघगर्जनसहित यसपालिको पहिलो हिउँदे वर्षा भएको जनाएको छ ।
काठमाडौँसँगै अहिले कास्कीको पोखरासहित देशका केही स्थानमा अहिले वर्षा भइरहेको छ महाशाखाले जनाएको छ । यस्तै, मुगुको ताल्चालगायत उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपात भइरहेको छ ।
महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close