कृषकले अझै राहत पाएनन्

कमल कुमार न्यौपाने
सुर्खेत १४, पुस ।
सुर्खेतमाबेमौसमी बर्षाका कारण पिडीत किसानहरुले अझै राहत पाउन सकेका छैनन् । सरकारले राहत दिने भन्दै क्षतिको विवरण संकलन गर्ने करिब दुई महिना लगाएर अझै पनि किसानहरुको राहत पाउने सकेका छैनन् । गत असोजको अन्तिमदेखि कात्तिक पहिलो सातासम्म परेको अबिरल बर्षाका कारण धान बालीमा क्षति पुर्‍याएको थियो । बालीको विवरण संकलन गरी क्षति को आधारमा संघिय र प्रदेश सरकारले तत्काल राहत उपलब्ध गराउने भनिएको थियो ।
वडा कार्यालय, स्थानीय पालिका, प्रदेश निर्देशनालय, मन्त्रालय हुदै क्षतिको विवरण संघीय मन्त्रालयमा गइ सकेपनि किसानलाई राहत कहिले दिने भन्ने टुंगो छैन । सरकारको निर्णय कार्यन्वयनमा ढिलासुस्त भएकोमा भने कृषक चिन्तित बनेका छन् ।

कृषि बिकास निर्देशनालयले जिल्लाबाट उपलब्ध विबरण प्रदेशको भुमि व्यवस्था, कृषी तथा सहकारी मन्त्रालयमा पढाईएको छ । राहत बितरण गर्ने बारे अझै पनि कुनै टुङगो लागेको छैन । आठ जिल्लामा धान नोक्सानी भएको तथ्याङ्क संकलन भएको छ ।
यता किसानहरुले आफुहरुले बर्षभरी खाने धान बर्षालाई भएको र साहुले पैसा मागीरहेको बताएका छन् । धेरै जस्तो धान त बर्षाका कारण कुहीएको र बाकी रहेको केही धान पनि खान नमिल्ले किसानहरुले बताएका छन् । आफुहरुले वडा कार्यालयमा निबेदन दिदा पनि राहत पाउन ढिलाइ भएको किसानले बताएका छन् ।
मौसम पूर्वानुमान शाखाले ढिलो गरी सुचना दिदा किसानहरुले धेरै क्षती व्यहोर्नु परेको हो । स्थानीय कृषकले काटेको करिव ९० प्रतिशत क्षती भएकाले राहत प्रक्रिया छिटो हुनुपर्ने वीरेन्द्रनगर ९ का वडा अध्यक्ष सुरेश मानन्धरले बताउनु भयो ।
कर्णालीमा ३८ हजार पाँच सय २७ हेक्टर क्षेत्रफलमा धान खेती हुुँदै आएको छ । प्रदेशमा सरदर ८९ हजार मेट्रिक टन धान उत्पादन हुुन्छ । यसपटक बेमौसममा परेको पानीले प्रदेशमा १२ प्रतिशत धान बालीमा नोक्सानी पुगेको निर्देशनालयको तथ्याङ्क छ । धानसँगै अन्य बालीमा गरी त्यतिबेला ४२ करोड ५४ लाख ७४ हजार बराबरको क्षति भएको हो । सुर्खेतमा १२ हजार ६ सय ८९ हेक्टर क्षेत्रफलमा धान खेती गरिँदै आएको छ । यहाँ २३ हजार नौ सय १९ मेट्रिक टन धान उत्पादन हुुने आकलन गरिएकोमा दुुई हजार तीन सय ९२ मेट्रिक टन धान वर्षाले नोक्सानी गरेको विवरण छ । जिल्लामा ९५ लाख ६७ हजार ६ सय रूपैयाँ बराबरको कृषि उपजमा नोक्सानी भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close