भेरी अस्पतालमा एकै परिवारका चार जनाको निसास्सिएर मृत्यु

बाँकेको नेपालगञ्जमा रहेको भेरी अस्पतालको क्वाटरमा निसास्सिएर एकै परिवारका चार जनाको मृत्यु भएको छ । अस्पतालको क्वाटरमा बसेका धनप्रसाद भट्टराई र उनका परिवारका सदस्यहरुको मृत्यु भएको हो । धनप्रसादसँगै उनकी आमा कोकीला, दिदी नन्दकली र तीन महिनाका छोरा एक्सन भट्टराईको निस्सासिएर मृत्यु भएको प्रहरीले जनाएको छ । अन्य तीन जनाको उपचार भइरहेको छ ।

धनप्रसाद अस्पतालमा स्टोर किपरको काम गर्दै आएका थिए । कोठाभित्र न्यानो बनाउन टिनको बट्टामा आगो बालेको र झ्याल, ढोका बन्द भएकाले उनीहरुको निसास्सिएर मृत्यु भएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close