
चलचित्र ‘आ बाट आमा’ले १३ करोड १० लाख ९२ हजार रुपैयाँ ग्रसकलेक्सन गरेको छ । यो वर्षको हालसम्मको सबैभन्दा धेरै कमाउने सिनेमाको दोस्रो स्थानमा पुगेको ‘आ बाट आमा’लाई दर्शकले रुचाएका छन् ।
यो चलचित्रलाई शनिबारसम्म पाँच लाख तीन हजार ११४ जना दर्शकले हेरेका छन् । चन्द्र पन्तले निर्देशन गरेको चलचित्रमा पल शाह, विपना थापालगायत कलाकार मुख्य भूमिकामा छन् ।
चलचित्र ‘लालिमा’ले पाँच लाख २९ हजार ७२८ रुपैयाँ ग्रसकलेक्सन गरेको छ । ‘कुमारी’ले ६६ लाख २५ हजार ४५१ रुपैयाँ र ‘रमिताको पिरती’ले ३० लाख ८४ हजार ८४३ रुपैयाँ ग्रसकलेक्सन गरेको छ ।
चलचित्र ‘लालिमा’ दुई हजार ४०, ‘कुमारी’ २० हजार ८१७ र ‘रमिताको पिरती’ नौ हजार ९७६ दर्शकले हेरेका चलचित्र विकास बोर्डको बक्सअफिस तथ्यांकमा उल्लेख छ ।






