सांसदहरुलाई आफ्नो भुमिकामा वृद्धि गर्न प्रधानमन्त्री दाहालको निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहालले संसदमा आफ्नो भुमिकालाई वृद्धि गर्न पार्टीका सांसदहरुलाई निर्देशन दिनुभएको छ ।

सोमबार सिंहदरबारमा बसेको पार्टीको संसदीय दलको बैठकमा बोल्दै प्रधानमन्त्री दाहालले सांसदहरुलाई संसदभित्र आ–आफ्नो भुमिकालाई वृद्धि गर्न निर्देशन दिनुभएको हो । उहाँले अवरुद्ध संसद खुलाउनका लागि प्रमुख प्रतिपक्षी दल लगायत विपक्षी दलहरुसँग छलफल गर्ने पनि बताउनुभएको छ ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सांसदहरुलाई सुशासन, समृद्धि र सामाजिक न्याय सहितको रुपान्तरणका लागि संसदमा माओवादी केन्द्रको भुमिकालाई बढाउनुपर्ने प्रधानमन्त्री दाहालको निर्देशन रहेको जानकारी गराउनुभयो ।

दाहालले सभामुखसँग दलको शिर्ष नेताहरुको बैठकपछिको विकसित घटनाक्रमहरुको बारेमा सांसदहरुलाई आवश्यक जानकारी गराइने पनि बताउनुभएको उहाँले जानकारी दिनुभयो ।

बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री समेत रहेका माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले संघीय शिक्षा ऐन, संघीय निजामती कर्मचारी ऐन र प्रहरी समायोजन ऐन ल्याउने कुरा सरकारको प्राथमिकतामा रहेको कुरा बताउनुभएको पाण्डेले उल्लेख गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close