सुर्खेत जिल्ला क्रिकेट संघको नयाँ नेतृत्व चयन, अध्यक्षमा केसी

 

सुर्खेत। सुर्खेत जिल्ला क्रिकेट संघको नयाँ कार्य समिति चयन गरिएको छ। बिहिवार भएको चुनावी साधारण सभाले १५ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो। पदाधिकारी तथा सदस्यहरु सर्वसम्मत चयन गरिएको जिल्ला अधिवेशन निर्वाचन समितिको कार्यालयले जनाएको छ।
संघको अध्यक्षमा श्रीधर केसी चयन हुने भएको छ । यस्तै उपाध्यक्षमा श्यामकुमार थापा, सचिवमा प्रकाश भुषाल, कोषाध्यक्षमा रुद्र भण्डारी चयन हुने भएको छ ।
सदस्यहरुमा पदमबहादुर खड्का, नरेशसिंह थापा, सूर्य थापा, रमेश शाही, विश्व भारती, नगेन्द्र उपाध्याय, जनक विक्रम शाही, भुवन कोईराला, रोशन शाही, बिदूर केसी, सम्राट राई चयन भएका छन्।

Back to top button
Sky Rocket Your Agency Income
Get Our Free Guide to
Close