सन्चारमन्त्री बाँस्कोटाले दिए राजीनामा

सन्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पदबाट राजीनामा दिएका छन् ।

प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले सो कुराको पुष्टि गरे ।

बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले सन्चारमन्त्रीको राजीनामाबारे जानकारी गराएका हुन् ।

त्यसअघि, प्रमुख प्रतिपक्ष दल नेपाल कांग्रेसले यस प्रकरणलाई लिएर संसद बैठक अवरुद्ध गरेको थियो ।

कांग्रेसले मन्त्री बाँस्कोटले ७० करोड रुपैयाँ घुस मागेको प्रकरणमा प्रधानमन्त्रीले सदनलाई जवाफ दिनुपर्ने माग गरेको हो ।

कांग्रेस बैठक चल्न नदिने अडान राखेपछि सभामुख सापकोटाले मन्त्री बाँस्कोटाले राजीनामा दिएको जानकारी सदनलाई गराएका हुन् ।

भिडियाे हेर्न यहाँ क्लिक गर्नुहाेस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close