आधारभुत पत्रकारिता तालिम सम्पन्न

कमल कुमार न्यौपाने
सुर्खेत, १४ मंसिर ।
सात दिने आधारभूत पत्रकारिता तालिम सुर्खेतमा सम्पन्न भएको छ ।
नेपाल पत्रकार महासंघ काठमान्डौं आयोजना र पत्रकार महासंघ सुर्खेत शाखाको समन्वय एवम युरोपियन युनियनको आर्थिक सहयोगमा सञ्चालित तालिममा नेपाल पत्रकार महासंघका पूर्व कोषाध्यक्ष सुुर्यमणी गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

सुर्खेतका करिव ४० जनाको सहभागिता रहेको तालिममा बोल्दै नेपाल पत्रकार महासंघ सुर्खेतका अध्यक्ष ललित वसेलले आधारभूत पत्रकारिताको तालिम लिने मात्र नभइ खोज पत्रकारिताका लागि समेत तालिम महत्वपूर्ण हुने बताउनुभयो । उहाँले सचार माध्यममा काम गर्दा हरेक पत्रकारले पत्रकार आचार संहिता पालना गरी काम गर्नु पर्ने बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close