कोरोना विश्व अपडेटः ६ लाख २२ हजार बढीको मृत्यु, कति पुगे संक्रमित ? (विवरणसहित)

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण यो समाचार तयार पार्दासम्म ६ लाख २२ हजार ५ सय ३६ जनाको ज्यान गएको छ । हालसम्म विश्वभरका १ करोड ५२ लाख २३ हजार ९ सय १२ जनामा कोरोना संक्रमण फैलिएको छ । हालसम्म विश्वभरबाट ९१ लाख ९६ हजार ३ सय ५७ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ६३ हजार ६ सय ३४ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

संयुक्त राज्य अमेरिकामा हालसम्म सबैभन्दा बढी कोरोना संक्रमणको असर देखिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा १ लाख ४५ हजार ३ सय ५७ जनाको ज्यान गइसकेको छ । बितेको २४ घण्टामा २४ हजार २ सय ४१ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ४० लाख ५२ हजार ८ सय १० पुगेको छ । हालसम्म १८ लाख ९६ हजार ३ सय १० जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १६ हजार ७ सय १५ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र ४ सय ४ जनाको कोरोनाको कारण ज्यान गएको छ ।

त्यस्तै ब्राजिलमा बितेको २४ घण्टामा ११ हजार ६ सय २७ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या २१ लाख ७८ हजार १ सय ५९ पुगेको छ । हालसम्म ब्राजिलमा कोरोनाको कारण ८१ हजार ८ सय २८ जनाको कोरोनाको कारण ज्यान गएको छ । वल्डोमिटरको तथ्यांक अनुसार १४ लाख ६५ हजार ९ सय ७० जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये ८ हजार ३ सय १८ जनाको अवस्था गम्भीर रहेको छ । भने बितेको २४ घण्टामा मात्र कोरोनाको कारण २ सय ३१ जनाको ज्यान गएको छ ।

त्यस्तै छिमेकी देश भारतमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या २९ हजार ८ सय ८७ पुगेको छ । बितेको २४ घण्टामा ४३ हजार ९ सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या १२ लाख ३८ हजार १३ पुगेको छ । हालसम्म ७ लाख ८२ हजार ७ सय ८० जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र कोरोनाको कारण १ हजार १ सय १७ जनाको ज्यान गएको र संक्रमित मध्ये ८ हजार ९ सय ४४ जनाको अवस्था गम्भीर रहेको छ ।

त्यस्तै रसियामा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १२ हजार ७ सय ४५ पुगेको छ । बितेको २४ घण्टामा ५ हजार ८ सय ४६ जनामा कोरोना पुष्टि भएको र १ सय ६५ जनाको कोरोनाको कारण ज्यान गएको छ । हालसम्म ७ लाख ८९ हजार १ सय ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भने संक्रमितमध्ये ५ लाख ७२ हजार ५३ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये २ हजार ३ सय जनाको अवस्था गम्भीर रहेको छ ।

त्यस्तै दक्षिण अफ्रिकामा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ५ हजार ३ सय ६८ पुगेको छ । हालसम्म ३ लाख ८१ हजार ७ सय ९८ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै संक्रमितमध्ये ५ सय ३९ जनाको अवस्था गम्भीर रहेको छ ।

हालसम्म पेरुमा १३ हजार ५ सय ७९ जनाको कोरोनाको कारण ज्यान गएको छ । त्यस्तै ३ लाख ६२ हजार ८७ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै हालसम्म २ लाख ४८ हजार ७ सय ४६ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १ हजार ३ सय ४२ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
मेक्सिकोमा बितेको २४ घण्टामा ६ हजार ८ सय ५९ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ३ लाख ५६ हजार २ सय ५५ पुगेको छ । हालसम्म कोरोनाको कारण ४० हजार ४ सय जनाको ज्यान गएको र पछिल्लो २४ घण्टामा मात्र ९ सय मृतक थपिएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । हालसम्म मेक्सिकोमा २ लाख २७ हजार १ सय ६५ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये ३ हजार ८ सय १२ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

त्यस्तै चिलिमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ८ हजार ७ सय २२ पुगेको छ । चिलिमा बितेको २४ घण्टामा १ हजार ७ सय १९ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ३ लाख ३६ हजार ४ सय २ पुगेको छ । त्यस्तै संक्रमितमध्ये ३ लाख ९ हजार २ सय ४१ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । भने संक्रमितमध्ये १ हजार ६ सय ८८ जनाको अवस्था गम्भीर रहेको छ ।

त्यस्तै स्पेनमा यो समाचार तयार पार्दासम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या २८ हजार ४ सय २६ पुगेको छ । हालसम्म ३ लाख १४ हजार ६ सय ३१ जनामा कोरोना संक्रमण देखिएको र संक्रमितमध्ये ६ सय १७ जनाको अवस्था गम्भीर रहेको छ । वल्डोमिटरको तथ्यांक अनुसार स्पेनमा बितेको २४ घण्टामा २ जनाको कोरोनाको कारण ज्यान गएको छ र १ हजार ३ सय ५७ जनामा संक्रमण फैलिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close