सुर्खेतमा ‘राजसंस्था’ को सर्मथनमा प्रदर्शन (भिडियाे सहित)

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा स्वतन्त्र राष्ट्रवादी नागरिकको अगुवाइमा राजा आउ देश बचाउको नारा लागेको छ । हिन्दु राष्ट्र राजसंस्था पुर्नस्थापना गर्ने उद्देश्यले ¥यालीको आयोजना गरिएको अभियानका संयोजक मौसम शाहीले बताउनु भयो ।
नेपाललाई राजनीतिक आन्दोलनबाट गणतन्त्र बनाइएको धर्म निरपेक्ष बनाइएको भएपनि राजावादी दलहरुले देशमा राजसंस्थाको पुर्नस्थापना गर्नुपर्ने र हिन्दु राष्ट्रको घोषणा गर्नुपर्ने कार्यक्रमका सहभागिले बताएका छन् ।
कार्यक्रमलाई संवोधन गर्दै राप्रपाका केन्द्रिय कार्य सम्पादन समितिका सदस्य मुकुन्दश्याम गिरीले मुलुकको स्वतन्त्र अस्तित्व रक्षाको निमित्त राजा सहितको हिन्दु राष्ट्र बनाउनु पर्ने बताउनु भयो ।
सुर्खेतको कालुन्चोकबाट निकालिएको ¥याली दैलेख रोडहुँदै मंगलगढी चौक, मुख्यबजार, वीरेन्द्रचौक, भैरवस्थान, टेम्पोपार्क हुँदै वीरेन्द्रचौकमा सभामा परिणत भएको थियो । ¥यालीमा करिव १ हजार जतिको सहभागिता रहेको आयोजकले दावी गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close