सुर्खेत समाज दक्षिण कोरियाले नेपाल उधोग बाणिज्य महासंघका पदाधिकारी एवम व्यवसायीसँग छलफल

नेपाल उद्योग वाणिज्य महासंघको टिमलाई दक्षिण कोरियामा सुर्खेत समाज दक्षिण कोरियाले स्वागत तथा भेटघाट कार्यक्रम आयोजन गरेको छ ।

महासंघका केन्द्रिय सदस्य एवम् कृषि उद्यम केन्द्रका सभापति अरुण राज सुमार्गीको नेतृत्वमा दक्षिण कोरिया पुगेको महासंघको टोलीलाई सुर्खेत समाजले आईतबार दक्षिण कोरिया छियामा स्वागत र भेटघाट कार्यक्रम आयोजन गरेको हो ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ कोरिया भ्रमण विषयक छलफल, नेपालमा विद्यमान व्यवसायिक सम्भावना तथा चुनौती विषयक छलफल, नेपाली कृषि कामदारको लागि कोरियालाई एक सफल अनि सुरक्षित गन्तव्य बनाउने विषयक अन्तरक्रिया भएको भ्रमण टिममा रहेका सुर्खेत उद्योग वाणिज्यसंघका अध्यक्ष एवम व्यवसायी लक्ष्मण कडेलले जानकारी दिनु भयो । छलफलमा रोजगारीसँगै विदेशी ज्ञान सीप नेपालमा अबलम्बन गर्न कार्यक्रमका सहभागिले सुझाव दिएको अध्यक्ष कंडेलले जानकारी दिनुभयो ।

Back to top button
Sky Rocket Your Agency Income
Get Our Free Guide to
Close