भारतीय राजदूतावासका एकजनासहित प्रदेश-२ मा थप १ सय ५३ जनामा कोरोना संक्रमण

जनकपुरधाम-प्रदेश २ मा आज थप १ सय ५३ जनामा कोरोना संक्रमण भएको छ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जननकपुर र नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजमा गरिएको परीक्षणमा १ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय प्रदेश-२ का वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय झाले जानकारी दिए।

यस सँगै यस प्रदेशमा संक्रमितको संख्या ५ हजार ८ सय ९४ पुगेको छ।पछिल्लो २४ घण्टामा सबैभन्दा बढी पर्सामा ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै सर्लाहीमा २२, रौतहटमा १९, धनुषामा १३, बारामा ४ र महोत्तरीमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पर्साको वीरगंजमा ५६ जना, पर्सागढी नगरपालिकामा ३ जना, पटेर्वा सुगौली गाउँपालिकामा १, जीराभवानी गाउँपालिकामा १, भारतीय राजदुतावासमा १, नारायणी अस्पताल क्वार्टरमा २, बहुदरमाई नगरपालिकामा १, जिल्ला प्रहरी कार्यालयमा १३, पकहा मैनपुर गाउँपालिकामा २, अमरपत्तीमा ३, बेल्वा हेल्थ पोष्टमा १, मागनस फार्ममा ३, पोखरिया अस्पतालमा ३ र ओम आश्रम, श्रीपुरमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको वरिष्ठ जनस्वास्थ्य प्रशासक झाले जानकारी दिए।

त्यस्तै सर्लाहीको गौर अस्पतालमा १ जना र मलङ्गवा नगरपालिकामा २१ ज्नामा कोरोना संक्रमण पुष्टि भएको छ। रौतहटको राजदेवी नगरपालिकामा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

धनुषाको जनकपुरधाममा १ जना, स्वास्थ्य कार्यालय धनुषामा १, मिथिला नगरपालिकामा १, औरही गाउँपालिकामा १, नगराईन नगरपालिकामा १, मिथिला विहारी नगरपालिकामा १, प्रादेशिक अस्पताल जनकपुरमा ३ र ठाउँ नखुलेको स्थानका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

बाराको कलैया उपमहानगरपालिकामा १ जना, परवानीपुर गाउँपालिकामा १ जना, फेटा गाउँपालिकामा १ जना र नारायणी अस्पतालका एकजना स्टाफमा कोराना संक्रमण पुष्टि भएको छ । महोत्तरीको जलेश्वर नगरपालिकामा २ जना र रामगोपालपुर नगरपालिकामा एकजनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

यस प्रदेशमा कोरोनाबाट आज तीनजनाको मृत्यु भएको पुष्टि भएको छ। धनुषाका एकजना पुरुष र पर्साको दुई जना महिलाको कोरोनाको कारण मृत्यु भएको पुष्टि भएको हो।

यस सँगै यस प्रदेशमा मृत्यु हुनेको संख्या २९ पुगेको छ भने ३ हजार ३ सय ८३ जना निको भएर आफ्नो घर फर्केका छन्। आज मात्र २६ जना डिस्चार्ज भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close