दुई सय ४२ जना सवार एयर इन्डियाको विमान दुर्घटनामा परेको छ । भारतको अहमदाबादबाट बेलायतको लण्डननका लागि उडेको विमान दुर्घटनामा परेको हो । विमानले उडान भरेको पाँच मिनेटमै सरदार बल्लभभाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थल नजिक दिउँसो स्थानीय समयअनुसार १ः३८ बजे दुर्घटना भएको समाचार संस्था एएनआईले जनाएको छ ।
भारतीय सञ्चारमाध्यमहरुका अनुसार जहाजमा क्याबिन क्रुसहित दुई सय ४२ जना रहेका थिए । जहाजमा दुई पाइलटसहित १० जना क्याबिन क्रु सदस्य र २३० यात्रु रहेका थिए ।
यात्रुहरुमध्ये भारतका मात्रै एक सय ८३ जना रहेका थिए ।






