गुर्भाकोटमा नेपाली काँग्रेस निर्वाचित

गुर्भाकोट नगरपालिकामा नेपाली काँग्रेसले प्रमुख र उपप्रमुखमा जित हासिल गरेको छ । गत बैशाख ३० मा सम्पन्न निर्वाचनमा नेपाली काँग्रेसबाट नगर प्रमुखका उम्मेदवार हस्त पुनले ११ हजार ९ सय ७८ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका तिलक खत्रीले १० हजार १ सय ६८ मत ल्याएका थिए ।

त्यसै गरी उपप्रमुखमा नेपाली काँग्रसकी मैना विकले ११ हजार ७ सय ४३ मत ल्याएर विजयी हुनु भएको छ । उहाँको निकटतम प्रतिद्वन्दी नेकपा एमालेकी सुशिला विकले १० हजार २ सय ९९ मत ल्याउनु भएको छ ।
निर्वाचित प्रमुख पुन र उपप्रमुख विक २०७४ सालको स्थानीय तह निर्वाचनमा निर्वाचित हुनु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close