सुनको मुल्यले रकेर्ड तोड्यो, प्रतितोला ७४ हजार ५००

साताको अन्तिम दिन अर्थात् शुक्रबार सुनको मुल्यले बिगतको रकेर्ड तोड्दै नयाँ किर्तिमान कायम गरेको छ । आज छापावाला सुनको मुल्य एकै चोटी एक हजारले बढेर  रू. ७४ हजार ५०० पुगेको छ, जुन हालसम्मकै सबैभन्दा  महंगो हो ।
हिजो सुनको मुल्य प्रतितोला रू. ७३ हजार ५०० थियो । चीन र अमेरिका बीच बढ्दो व्यापार यद्धका कारण अन्तरराष्ट्रिय शेयर बजारमा ह्रास आएको छ, त्यसपछि लगानीकर्ताहरुले सुन किन्दै होल्ड गरेका छन् ।  जसको फलस्वरुप अन्तरराष्ट्रिय बजारमा नै सुनको मुल्य बढ्दै गएको छ ।
नेपालमा सनुको मुल्य अन्तरराष्ट्रिय बजारअनुसार नै निर्धारण हुन्छ । अन्तरराष्ट्रिय बजारमा सुनको मुल्यबढे नेपालमा पनि साउन यता यसको मुल्य बढ्दै आएको छ । गत असारसम्म सुनको मुल्य प्रतितोला रू. ६० हजारको हारहारीमा थियो । त्यसपछि बढ्दै गएको सुनको मुल्य भदौ १८ मा ७३ हजार ५ सयमा पुगेर नयाँ रकेर्ड राखेको थियो । त्यसपछि केही मात्रामा घटेको सुनको मुल्यले आज फेरी नयाँ किर्तिमान राखेको छ ।
यस्तै, आज तेजावी सुनको मुल्य ७४ हजार २०० पुगेको छ । चाँदीको मुल्य पनि १० रुपैयाँले बढेर ९०० पुगेको छ । हिजो सुनको मुल्य प्रतितोला ८९० थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close