मौरी पालेरै अधिकृतभन्दा धेरै कमाउछन आचार्य (भिडियो सहित)

व्यावसायीक मौरी पालेरै सपना पुरा गरेको छुः आचार्य

बैशाख ३१, सुर्खेत

करिब डेढ दशक अघिदेखी १ गोलाबाट मौरी पालन सुरु गरेका वीरेन्द्रनगर १२ का प्रेम कुमार आचार्यलाई सुरुका दिनमा केही सिप नलागेपछि किरा पालेको आरोप लाग्थ्यो । समाजले उहाँलाई हेर्ने दृष्टिकोण नै फरक थियो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस ।

तर तीनै आचार्यले मौरी पालनबाटै नेपाल सरकारको अधिकृतभन्दा बढी आम्दानी गर्दै आएका छन् ।

मौरीपालन व्यवसाय तराई तथा पहाडी जिल्लामा उपयुक्त मानिन्छ । सुर्खेत जिल्ला त यो व्यवसायका लागि अझ उत्कृष्ट मानिन्छ । तोरी, दुदिलोे, सूर्यमुखी, चिउरी, पैयूलगायतका विभिन्न प्रजातिका फूलहरुबाट मौरीले मह संकलन गरिरहेको हुन्छ । निक्कै अनुशासित प्राणीको रुपमा रहेको मौरी पोथी, भाले र रानी गरी गरी ३ किसीमका हुन्छन् ।

फुलहरु फुल्ने समयमा यसले उत्पादन पनि राम्रो दिने गर्दछ । सिजनमा १० दिनमा मह काड्न मिल्छ । भने बाषर््िाक रुपमा ३० देखि ५० किलोसम्म मह एउटै घारबाटै उत्पादन भईरहन्छ ।
मौरीलाई यसका शत्रुहरुबाट भने जोगाउनुपर्ने हुन्छ ।

उहाँले आफ्ना दुई सन्तानको स्नातकोत्तरसम्मको पढाई र आफ्नो साढे २ तले घरसमेत मह बेचेरै गराउनुभयो ।
करिब डेढ दशकसम्म आईपुग्दा आचार्य भन्नुहुन्छ, मौरी पालनबाटै सपनाको घर बनाउन मात्र हैन आफ्ना सारा सपना यसैमा सजाउन सकिने रहेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close