८ महिनाभित्र ६४५ फरार अभियुक्त पक्राउ

धनुषामा गत साउन देखी १८ फागुनसम्म ६ सय ४५ जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले बिहीबार एकैदिनविभिन्न मुद्दाका २७ जना फरार प्रतिवादी पक्राउ गरेसँगै पक्राउ पर्नेको संख्या झन्डै सात सय पुगेको हो । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्काका अनुसार फरार प्रतिवादी पक्राउ अभियान नै सञ्चालन गर्दा यती धेरै संख्यामा फरार रहदैँ आएकाहरु पक्राउ परेका हुन् । उहाँका अनुसार यसका लागि एकजना प्रहरी निरीक्षकको नेतृत्वमा फरार प्रतिवादी खोजतलास टोली नै खटाइएको छ। उहाँका अनुसार बिभिन्न प्रहरी चौकीबाट पनि जनशक्ति परिचालन गरिएको छ ।
‘जिल्ला अदालतको फैसला कार्यान्वयन एकाइद्वारा प्राप्त लगतका आधारमा फरार प्रतिवादी पक्राउ गरिरहेको छौँ, उनले भने । उनका अनुसार धनुषामा दिनहुँजसो फरार प्रतिवादी पक्राउ परिरहेका छन् । यस अभियानअन्तर्गत चालू आर्थिक वर्षको साउन १ देखि फागुन १९ गतेसम्ममा ६४६ जना फरार प्रतिवादी पक्राउ परेका हुन्। पक्राउ परेका प्रतिवादीमध्ये कैद सजाय तोकिएकालाई अदालतमा उपस्थित गराएर कारागार पठाइएको छ भने केही भने अनुसन्धानका शिलशिलामा पक्राउ गरी प्रहरी नियन्त्रणमा राखिएको छ। प्रहरी नियन्त्रणमा राखिएकाले आवाश्यक कारबाही गरी छाडने र मुद्दा चलाउने कार्य गरिएको उनको भनाई छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close