यस्तो छ कर्णाली प्रदेशमा प्रहरीको दशैतिहार सुरक्षा योजना (भिडियो )

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले दशैतिहार लक्षित गरेर प्रदेशभर सुरक्षा योजना अघि सारेको छ । हिन्दु नेपालीहरुको महान पर्वमा हुन सक्ने सुरक्षा जोखिमलाई ध्यान दिदै प्रदेशका सवै जिल्लाहरुमा गस्ती, पेट्रोल, सवारीसाधनमा चेकजाँच, विभिन्न इलाका प्रहरी, जिल्ला प्रहरी कार्यालयमा जनशक्ति व्यवस्थापन लगायतलाई प्राथमिकता दिइएको कर्णाली प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक गणेश बहादुर ऎरले बताउनु भयो ।
गुराँस खबर डटकमसँगको कुराकानीमा प्रहरी नायव महानिरिक्षक ऐरले चाटपर्वमा हुनसक्ने घटनाहरुलाई नियन्त्रणमा राख्नका लागि प्रदेशभर ४ सय जना प्रहरी थप गरिएको उहाँले बताउनु भयो । मदिरा सेवन गरी होहल्ला गर्ने, जुवातास खेल्ने खेलाउने, झै झगडा गर्ने, सवारी साधनमा सीट क्षमता भन्दा बढी यात्रु बोक्ने सवारीसाधनहरुलाई कडा निग्रानी गर्ने उहाँले बताउनु भयो ।
उहाँसँग गरिएको कुराकानी यहाँ हेर्नुहोस ।

Back to top button
Sky Rocket Your Agency Income
Get Our Free Guide to
Close