कर्णालीमा प्रथम तेक्वान्दो प्रतियोगिता सुरु,

कर्णालीमा प्रथम तेक्वान्दो प्रतियोगिता सुरु
रमेश कुमार पाण्डे
सुर्खेत पुस,८
स्वाथ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ सुर्खेतको बिरेन्द्रनगरमा प्रथम प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता सुरु भएको छ ।
बिहिबार कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले वीरेन्द्रनगरमा रहेको कवर्ड हलमा तेक्वान्दो प्रतियोगिताको उद्घाटन गर्नु भएको हो । कर्णाली प्रदेश तेक्वान्दो सघंको आयोजनामा भएको कार्यक्रम ३ दिन सम्म चल्लेछ । कर्णाली प्रदेशका जुम्ला,दैलेख,सल्यान,रुकुम पश्चिम र सुर्खेत गरी ५ जिल्लाले प्रतियोगितामा सहभागिता जनाएका छन् । कर्णाली खेलकुद क्षेत्रमा अन्य प्रदेश भन्दा केही पछाडि रहेको र काठमाडौमा हुने मुख्यमन्त्री कपको छनोटका लागि पनि उक्त खेलको आयोजना गरीएको आयोजकले जनाएको छ ।

Back to top button
Sky Rocket Your Agency Income
Get Our Free Guide to
Close