वीरेन्द्रनगरलाई वातावरण सुधार समाजको स्वास्थ्य सामग्री सहयोग

वातावरण सुधार समाज सुर्खेतले वीरेन्द्रनगर नगरपालिकालाई ६ लाख बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको छ । नगरपालिकाले सञ्चालन गरेको कोभिड अस्पताललाई कोभिडका विरामीको उपचारमा सहयोग पुग्ने गरी नगरपालिकाका मेयर देवकुमार सुवेदीलाई संस्थाकी अध्यक्ष नेत्रा रेग्मीद्वारा सामग्री हस्तान्तरण गरिएको हो ।
कोरोना महामारीमा नागरिकको जिउँ ज्यानको रक्षा गर्नु पहिलो धर्म हुने भन्दै संस्थाका अध्यक्ष रेग्मीले कोभिड प्रतिकार्यमा स्थानीय सरकारलाई सानो भए पनि सहयोग गरिएको बताउनु भयो । उहाँले नगरपालिकालाई पहिलो चरणमा युएसएआइडी, तयार नेपालको आर्थिक सहयोगमा पहिलो चरणमा कोभिड १९ प्रतिकार्य योजना अन्तरगत पिपीइ सेट ७० थान, आइसुलेशन बेड ५ वटा, थर्मन गन ८ ओटा, ग्लोव्स ७ वाकस, माक्स १ सय ४० वक्स, सेनिटाइजर ३५ वोतल सहयोग गरेको बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close