
सुर्खेत — सशिला मोटर्सले किटोन कम्पनीका २५ वटा विद्युतीय गाडी सुर्खेतमा हस्तान्तरण गरेको छ। सुर्खेत काँक्रेविहार यातायात प्रालिले खरिद गरेका ती गाडीहरु आज एक कार्यक्रमकाबीच व्यवसायीहरुलाई हस्तान्तरण गरिएको हो।
सशिला मोटर्सका प्रतिनिधि सन्तोष खतिवडाले वातावरणमैत्री प्रविधिमा आधारित यी गाडीहरुले कम लागतमा सञ्चालन सम्भव हुने र आयआर्जनमा टेवा पुर्याउने विश्वास व्यक्त गर्नुभयो। उहाँले अबको समय विद्युतीय सवारीतर्फै मोडिनुपर्ने बताए।
कार्यक्रममा काँक्रेविहार यातायात प्रालिका अध्यक्ष रमेश कुमार सापकोटाले विद्युतीय गाडीहरु विशेषगरी छोटो दुरीका लागि निकै उपयुक्त हुने भन्दै ग्रामीण र सहरी दुवै क्षेत्रमा यसको माग बढिरहेको जानकारी दिनुभयो।
किटोन कम्पनीका यी गाडीहरु दैलेख, नेपालगञ्ज लगायतका स्थानमा सफलतापूर्वक सञ्चालन छ। कार्यक्रममा प्रालिमा आवद्ध व्यवसायीहरुको उपस्थिति रहेको थियो।





