स्वर्गिय व्यवसायी राजेन्द्र थापाको परिवारलाई आर्थिक सहयोग

सुर्खेत । सुर्खेत जिल्लाको वीरेन्द्रनगर नगरपालिका–३ का स्वर्गिय व्यवसायी राजेन्द्र थापाको परिवारलाई अर्थिक सहयोग गरिएको छ । सुर्खेत उद्योग वाणिज्य संघले बुधबार स्वर्गिय व्यवसायी थापाको परिवारलाई आर्थिक सहयोग गरेको हो ।
संघको तर्फबाट अध्यक्ष लक्ष्मण कँडेलसहित संघका अन्य पादाधिकारी वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, कोष–अध्यक्ष तथा अन्य सदस्यहरुले स्वर्गिय थापाकी श्रमीति कृष्ण थापा र दाई टिकाराम थापालाई सहयोग रकम हस्तान्तरण गर्नु भएको हो ।
संघका अध्यक्ष लक्ष्मण कँडेलले स्वर्गिय थापाको परिवारलाई केहीँ मात्रामा सहयोग पुग्ने हिसाबले आर्थिक सहयोग गरिएको बताउनु भयो ।
यस्तै, संघका महासचिव भद्र भण्डारीले थापाको परिवारलाई संघको तर्फबाट २५ हजार, संघका पदाधिकारी र कार्यसमितिहरुबाट २८ हजार ६ सय १० गरेर जम्मा नगद ५३ हजार ६ सय १० रुपैयाँ हस्तान्तरण गरेको जानकारी दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close