वीरेन्द्रनगर १ नं. वडा कार्यालयमा आगजनी

वीरेन्द्रनगर नगरपालिका १ नं. वडा कार्यालयमा एक जना व्यक्तीले आगजनी गरेका छन् । सोही वडाका वास्ताम लामिछानेले आज विहान करिब साढे दश बजे वडा कार्यालयमा आगजनी गरेका हुन् ।
आगजनीबाट वडाध्यक्षको कार्यकक्षमा पूर्ण क्षति पुगेको छ । अध्यक्ष वस्ने कुर्सी, सोफा, दराज त्यहाँ रहेका कागजात जलेर नष्ट भएको छ । उनले फोनबाट वडाध्यक्ष सुनारलाई मार्ने र वडा कार्यालय जलाइदिने धम्कि दिएका थिए ।
वडा अध्यक्षका अनुसार सवा दश बजेतिर अफिसको नम्बरबाट ती व्यक्तिले फोन गरेर दश बजे अफिस किन नआएको भन्दै घाँटी काटिदिने धम्की दिएका थिए । उहाँले काम विशेषले गोष्टिमा होलटमा भएकाले कार्यवहाक अध्यक्षलाई भेट्न र काम भए दिउँसो मात्र भेट हुने जानकारी दिएका थिए । तर एक छिनमा नै उनले अफिसमा आगजनी गरेका छन् ।
घटनास्थलमा नगरपालिकाका प्रमुख देव कुमार सुवेदीले पुगेर निरीक्षण गरेका छन् । उनले सरकारी सम्पतीमाथि क्षति पु¥याउने कसैलाई पनि कानुनले नछोड्ने बताए । अहिले वडा कार्यालयमा प्रहरीले मुचुल्का गर्दैछ । घटना स्थलमा प्रहरी टोली पुगेर अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी रामप्रसाद घर्तीले बताउनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close