सभामुख सापकोटाद्वारा चुनाव नलड्ने घोषणा

सभामुख अग्नि सापकोटाले आगामी मंसिर ४ को प्रतिनिधिसभा चुनावमा उम्मेदवार नबन्ने घोषणा गर्नुभएको छ ।

चुनावको मनोनयन हुने अघिल्लो दिन शनिबार सिंहदरवारमा पत्रकार सम्मेलन गर्दै सापकोटाले युवाहरूलाई अवसर दिन आफूले चुनावमा प्रतिस्पर्धा नगर्ने बताउनुभयो ।

सापकोटा सिन्धुपाल्चोक १ बाट माओवादी केन्द्रबाट पहिलो नम्बरमा सिफारिसमा पर्नुभएको थियो ।

यसअघि उहाँ सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट निर्वाचित हुनुभएको थियो । पहिलो र दोस्रो संविधानसभा निर्वाचनमा उहाँ सिन्धुपाल्चोक २ बाट सापकोटा निर्वाचित हुनुभएको थियो ।

सापकोटा २०७६ माघ १२ गते सभामुख निर्वाचित हुनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close