वीरेन्द्रनगर बजार क्षेत्रका सोलार बत्ती नबल्दा जोखिम बढ्दै

 

धर्मराज आचार्य 

सुर्खेत,६ फागुन । वीरेन्द्रनगरको सौन्दर्यलाई थप आर्कषण र बत्ती गएको बेला उज्यालोका लागि राखिएका सोलारहरु अहिले बल्नै छोडेका छन् ।
आर्थिक वर्ष २०७२÷२०७३ मा तत्कालिन जिल्ला विकास समिति सुर्खेत, वीरेन्द्रनगर नगरपालिका र वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र बीचको साझेदारीमा राखिएका सोलार बत्तीहरु ऋहिले बल्नै छोडेका हुन् ।

वीरेन्द्रनगरको मुख्य बजार मंगलगढी चोक, नेता चौक, वीरेन्द्र चोक,वीरेन्द्र चोक, गणेश चोक, जनमावि पिपलचौतारा र आँखा अस्पताल गरी दुई हजार मिटरको क्षेत्रफलमा जडित सोलार बत्ती नबल्दा सवारी दुर्घटना, चोरी डकैती र लुटपाटका घटना बढ्दै गएको स्थानीय व्यवसायीले गुनासो गरेका छन् ।

‘सुर्खेतमा बत्तीको कुनै ठेगान छैन कति बेला जान्छ कति बेला आउँछ, तर विभिन्न स्थानमा राखिएका सोलार बत्तीले पनि केही राहत भएको थियो,’ स्थानीय व्यवसायी तिर्थ सुनारले भने, ‘दुर्घटना, चोरी, लुटपाट जस्ता विभिन्न प्रकारका अराजक गतिविधि बढीरहेका छन्, यो बनाउनेमा कसैको ध्यान पुगेको छैन ।’

वीरेन्द्रनगरका विभिन्न क्षेत्र गरी दुई हजार मिटरमा जोडिएका ७८ वटा सोलार ब्याट्रीसहितका बत्ती जडान गरिएपनि अहिले बल्नै छोडेको जिल्ला समन्वय समिति सुर्खेतका शाखा अधिकृत तथा सुचना अधिकारी कृष्ण बहादुर पन्तले जानकारी दिए ।
जिल्ला विकास समिति अन्तर्गत निर्वाचन क्षेत्र विशेष कार्यक्रमबाट २० लाख, जिल्ला विकास समिति (विद्युत रोयल्टी) बाट १० लाख गरी ३० लाख, वीरेन्द्रनगर नगरपालिका अन्तर्गत १० लाख र वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रबाट ४० लाख गरी जम्मा ८० लाखको लागतमा सोलार राखिएको सुचना अधिकारी पन्तले बताए ।

८० लाखको स्टिमेट रहपनि सनसाईन इनर्जी प्रालि सामाखुसी काठमाडौंबाट २०७३ वैशाख १ गते ६९ लाख ५६ हजार नौं सय ७८ रुपैयाँको लागतमा बत्ती जडान गर्ने सम्झौता भएको जिल्ला समन्वय समिति सुर्खेतले जनाएको छ ।
२०७३ असार २० गते कार्य सम्पन्न गर्ने मिति रहेपनि निर्माण कम्पनीले भने २०७३ असार १५ गते नै काम सम्पन्न गरिएको थियो ।

लखौं रुपैयाँ खर्चेर राखिएका सोलार बत्ती नबल्दा वीरेन्द्रनगरको सौन्दर्यलाई नै कुरुप पारेको वीरेन्द्रनगर —६ का धनवीर बुढाले बताए ।
‘बत्ती नहुँदा दुर्घछना र चोरीका घटाना हुँदै आएका छन्,’ बुढाले भने, ‘सोलार बत्ती जडान गरिएका ठाउँमा कहिँ व्याट्री छैनन् भने कहिँ पाता छैनन्वीरेन्द्रनगर लोडसेडिङ हुँदा समस्या हुने गरेको छ ।’

वीरेन्द्रनगर—२ का नरेन्द्र विसीले नगरमा चोरीका घटना बढेसँगै लोडसेडिङका बेला सोलार बत्तीको महत्वपुर्ण आवश्यक परेको भन्दै बत्ती गएपछि बन्द गरिएको आफ्नो पसलको चिन्ता लाग्ने गरेको बताए ।
जिल्ला विकास समिति मार्फत जोडिएका सोलारहरु बजार क्षेत्रमा नबल्दा समस्या देखिने गरेको वीरेन्द्रनगर—६ का वडा अध्यक्ष मोतिप्रसाद कँडेलले बताए ।

Back to top button
Sky Rocket Your Agency Income
Get Our Free Guide to
Close