कर्णाली प्रदेश सरकारले पूर्णता पायो, थपिए ५ मन्त्री

रमेश कुमार पाण्डे
सुर्खेत २३ माघ ।
कर्णाली प्रदेश सरकारले पूर्णता पाएको छ । नेपाली काँग्रेसको नेतृत्व सरकार गठन भएको तीन महिनापछि मुख्यमन्त्री जीवनबहादुर शाहीले ५ मन्त्री थप गरी मन्त्रीपरिषद् विस्तार गरेसँगै प्रदेशद सरकारले पूर्णता पाएको हो ।
मुख्यमन्त्री शाही नेतृत्वको प्रदेश सरकारमा नेपाली काँग्रेसबाट सामाजिक विकास मन्त्रीमा यज्ञबहादुर विसी, आन्तरिक मामिला तथा कानुन मन्त्रीमा हिमबहादुर शाही, नेकपा माओवादीबाट जलश्रोत तथा उर्जा विकास मन्त्रीमा गणेश प्रसाद सिंह, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा छिरिङ डम्डोल लामा (कार्र्चेन) र नेकपा एकीकृत समाजवादीबाट भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रीमा पदम रोकायले सपथ लिएका छन् ।
लामो समयमसम्म गठबन्धनभित्र मन्त्रालय भागबण्डा नमिल्दा मन्त्रीमण्डल विस्तार हुन सकेको थिएन। अन्ततः मन्त्रालय भागबण्डामा गठबन्धनभित्रै किचलो बढेपछि केन्द्रीय शीर्ष नेताले विवाद समाधान गरेका हुन्।
मुख्यमन्त्री शाहीले यसअघि माओवादीका सांसद विन्दमान विष्टलाई आर्थिक मामिला तथा योजना मन्त्री र समाजवादीका प्रदेश सभा संसदीय दलका नेता चन्द्रबहादुर शाहीलाई भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री बनाइसकेका छन् । नब नियुक्त मन्त्रीहरुले आजै पदभार ग्रहण गर्नु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close