रवि लामिछानेले भेटे प्रधानमन्त्री पुष्पकमल दाहाललाई

रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गर्नु भएको छ । प्रधानमन्त्रीलाई भेट्न लामिछाने बिहान बालुवाटार जानुभएको हो ।
उक्त भेटमा प्रधानमन्त्री दाहालले लामिछानेलाई पार्टीबाट गृहमन्त्री बनाउने विषयमा के–कति प्रगति भइरहेको छ भनेर जिज्ञासा राख्नु भएको भियो । लामिछानेको मुद्दा किनारा लागिनसकेको र सर्वोच्च अदालतले उहाँको नागरिकतालाई लिएर प्रतिनिधिसभा सदस्य खारेज हुने भनेर गरेको फैसलाको पूर्णपाठ नआउँदासम्म गृहमन्त्री बनाउने सम्भावना नरहेको भनेर प्रधानमन्त्री दाहालले बताउनु भयो ।
राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी दिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल अप्ठ्यारोमा पर्नु भएको छ । सर्वोच्च अदालतले तत्कालीन उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको पुरानो नागरिकता अमान्य रहेको फैसला गरेपछि रिक्त रहेको गृह मन्त्रालय दाहाल आफैंले राख्न खोज्नु भएको छ । पार्टीभित्रबाट पनि माओवादीले नै गृह राख्नुपर्ने दबाब दाहालमाथि छ तर रास्वपाको दाबीका कारण दाहाल निर्णयमा पुग्न सक्नु भएको छैन । प्रधानमन्त्री दाहालले भने गृह आफैंले राखेर अरू मन्त्रालय दिन सकिने संकेत लामिछानेलाई दिनु भएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close