राष्ट्रिय स्वतन्त्र पार्टी लाई पुनः सरकारमा आउन आग्रह

सत्तासाझेदार दलहरु सम्मिलित नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी लाई पुनः सरकारमा आउन आग्रह गरिएको छ ।
बालुवाटारमा शुक्रबार बिहान बसेको बैठकमा रास्वपालाई सरकारमा ल्याउने बारेमा छलफल भएको हो ।
सरकारबाट बाहिरिएको रास्वपाले समर्थन भने कायमै राखेको छ ।
बैठकमा राष्ट्रपति निर्वाचन, समसामयिक राजनीतिक घटनाक्रम, सुदूरपश्चिम सरकार लगायतका विषयमा छलफल भएको बताइएको छ ।
दुई महिना नपुग्दै रास्वपा बाहिरिनु, राष्ट्रपतिमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सहमतिको अडान लिनुजस्ता विषयमा गठबन्धनमा खटपट देखिएको छ ।
बिहीबार मात्रै नागरिक उन्मुक्तिले विश्वासको मत नदिँदा एमाले नेतृत्वको सुदूरपश्चिम सरकार ढलेको छ ।
बैठकमा नेकपा माओवादी केन्द्र का अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन सहभागी थिए ।
जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीका नेता भने उपस्थित भएनन् ।

 

Back to top button
Sky Rocket Your Agency Income
Get Our Free Guide to
Close