राष्ट्रपति चुनावमा कांग्रेससहितका दलहरुलाई समेट्नेः उपप्रधान एवम भौतिक पूर्वाधार मन्त्री श्रेष्ठ

राजु कोइराला
सुर्खेत ४ फागुन ।
उप–प्रधान एवं भौतिक पुर्वाधार तथा योजना मन्त्री नारायणकाजी श्रेष्ठले वर्तमान समीकरणलाई कसैले बदल्न नसक्ने बताउनु भएको छ । आज सुर्खेत विमानस्थलमा पत्रकारसँग कुरा गर्दै मन्त्री श्रेष्ठले राष्ट्रपति चुनावको विषयलाई लिएर वर्तमान समीकरण नभत्कने भन्दै राष्ट्रिय सहमतिमा राष्ट्रपतिको चुनाव हुने बताउनु भयो ।
उहाँले राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका दलहरुलाई समेत समेट्ने गरि अघि बढ्न चाहनेको र माओवादीबाट समीकरण बदल्ने कुरा नरहेको प्रष्ट पार्नुभयो । उहाँले राष्ट्रपति चुनावमा कांग्रेससहितका दलहरुलाई समेट्ने गरी राष्ट्रिय सहमतिमै हुने बताउनु भयो । प्रधानमन्त्री प्रचण्डलाई कांग्रेससहितका सबै पार्टीहरुबाट समर्थन प्राप्त भएको हुदाँ राष्ट्रिय सहमतिलाई प्राथमिकता दिइने उहाँले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close