सुर्खेतमा ३४ औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता हुने

सुर्खेत १७, पुस ।
सुर्खेतमा ३४ औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ। नेपाल भलिबल संघको आयोजनामा पुस २० देखि २६ गतेसम्म राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने भएको हो।
सात प्रदेश र तीन विभागीय टिमले प्रतिस्प्रर्धामा सहभागी हुनेछन्। आयोजनाको लागि कर्णाली प्रदेश सरकारको आर्थिक सहयोगमा कर्णाली प्रदेश भलिबल संघको व्यवस्थापन रहेको छ।
नेपाल भलिबल संघको संखुवासभामा भएको अधिवेशनले प्रतियोगिता सुर्खेतमा आयोजना गर्ने निर्णय गरेको थियो। कर्णाली प्रदेश भलिबल संघका अध्यक्ष कृष्ण श्रेष्ठले यस पटकको खेलबाट नेपालको लागि राष्ट्रिय टिम छनोट हुने बताउनु भयो । खेलाडीको गास र बासको व्यवस्थापन प्रदेश भलिबल संघले गर्ने भएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close