आजदेखि आन्तरिक उडान शुरु, सुर्खेत काठमाडौ रूटमा ७३ यात्रुले उडान गरे

सुर्खेत असार १७

दोस्रो चरणको कोभिड–१९ को संक्रमण चेन ब्रेक गर्न वैशाख २० गतेदेखि अनिश्चितकालका लागि रोकिएको आन्तरिक उडान ६८ औं दिनपछि आजदेखि सञ्चालन भएको छ ।

नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानका लागि चारवटा वायुसेवाको तालिका स्विकृत गर्दै बिहान साढे ६ बजेबाट सुरु भई बेलुकी ६ बजेसम्मका लागि उनीहरुले उडान भर्नेछन् ।

बुद्ध एयरलाई दैनिक ३१, यतिलाई १५, श्री एयरलायन्सलाई १० र सौर्य एयरलायन्सलाई ३ वटा नियमित उडानको अनुमति दिइएको छ । त्यही अनुसार पहिलो चरणमा यी चारवटा वायुसेवाले नेपालगन्जका लागि मात्रै सात र धनगढीका लागि चारवटा उडान भर्ने छन् ।

सुर्खेतबाट भने बुद्ध यएर को एउटा मात्रै उडान छ । त्यसमा आजको उडानमा काठमाडौ बाट ३६ जना तथा सुर्खेतबाट ३७ जना यात्रुले यात्रा गरेको बुद्ध यएर सुर्खेतका स्टेसन म्यानेजर नर बहादुर बस्नेत ले बताउनु भयो।
यस्तै सुर्खेत र नेपालगन्ज विमानस्थलबाट साना जहाजले गर्ने पहाडी तथा हिमाली भेगका लागि उडान अनुमति भने आजमात्रै टुंगो लाग्ने भनिएको छ ।

दुर्गम भेगका उडान गर्ने सिता, तारा र समिट एयरले अनुमति माग गरिसकेको निगमले जनाएको छ । यात्रुको माग अनुसार अहिले स्विकृत उडान तालिकालाई विश्लेषण गरी फेरबल गरिने निगमको भनाइ छ ।

Back to top button
Sky Rocket Your Agency Income
Get Our Free Guide to
Close