प्रतिनिधि सभाका सांसद प्रदीप यादवलाई कोरोना संक्रमण

प्रतिनिधि सभामा पर्साबाट प्रतिनिधित्व गर्ने सांसद प्रदीप यादवलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। शुक्रबार राति करीब ११ बजे सामाजिक सान्जाल फेसबुकमा स्टेटस लेख्दै उनले आफुलाई कोरोनाभाइरस संक्रमण भएको जानकारी दिएका हुन्।

सांसद यादवले आफूलाई संक्रमणको कुनै लक्षण नदेखिएको जनाएका छन्। उनले फेसबुक स्टेटसमा लेखेका छन्, “मैले आफ्नो पीसीआर जाँच गराउँदा कोरोना पोजेटिभ देखिएको जानकारी गराउन चाहन्छु। मेरो स्वास्थ्यमा कुनै समस्या भने देखिएको छैन। आफूलाई आइसोलेट गरेर राखेको छु।”

लामो स्टेटसमा उनले सबैलाइ सुरक्षित हुन आग्र गरेका छन्। उनले आत्मअनुशासन कायम गर्दै सुरक्षित रुपमा बस्न, घरबाट अति आवश्यक काममा निस्किनु परेमा बिना मास्क ननिस्किन र व्यत्तिगत दूरी कायम राख्न आग्रह गरेका छन्। “संक्रमणमुक्त भएर मेरो प्राणभन्दा प्यारा जनाताको सेवामा चाडैं फर्किने छु”, उनले स्टेटसमा लेखेका छन्।

यादवले शुक्रबार नै प्रधानमन्त्रीलाई पत्र पठाउँदै वीरगन्जमा बढ्दो संक्रमणको अवस्थाबारे जानकारी गराएका थिए। पत्रमा वीरगन्ज क्षेत्रमा ५०० शय्याको अस्पताल, विज्ञ टोली पठाउन, समुदायमा जाँचको दायरा बढाउनका लागि साधन र जनशक्ति उपलब्ध गराउन र सीमामा आवतजावत रोक्न माग राखेको उनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close