शीर्ष तीन दलका नेताबीच बालुवाटारमा भेटवार्ता जारी

नक्कली शरणार्थी प्रकरणले असन्तुष्टी चर्किएको बेला शीर्ष तीन दलका नेताबीच मंगलबार भेटवार्ता भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलबीच भेटवार्ता भएको हो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्ताको विषय भने गोप्य राखिएको छ । भेटवार्ता अहिले जारी रहेको छ ।

मंगलबार बिहान देउवा र ओली नेकपा (माओवादी केन्द्र) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डसँग छलफल गर्न बालुवाटार पुगेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close