राष्ट्रिय स्वतन्त्र पार्टी को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकको समय सारियो

राष्ट्रिय स्वतन्त्र पार्टी को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकको समय सारिएको छ । आज दिउँसो ३ बजेका लागि निर्धारित बैठक आजै अपराह्न साढे ४ बजे बस्ने गरी तय गरिएको हो । केन्द्रीय कार्यालय वसुन्धरामा बैठक बस्ने पार्टीले जनाएको छ ।
सभापति रवि लामिछानेले नागरिकता विवादमा सांसदसँगै मन्त्री पद गुमाउनु भएको थियो । लामिछानेको नागरिकता पुनः कायम भइसकेको छ । त्योसँगै उहाँलाई पुनः उपप्रधान एवं गृहमन्त्रीमा नियुक्त गर्न माग गरिएको छ । तर, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नियुक्त गर्न अस्वीकार गरिरहेका छन् ।
यस्तो अवस्थामा सरकारमै बस्ने वा सरबारबाट बाहिरिने भन्ने विषयमा रास्वपाले निर्णय गर्ने बताइएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close