ठुलो मात्रामा ब्राउन सुगर सहित पाचँजना पक्राउ

असार २४,सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर ५ मा लागु औषध ब्राउन सुगर सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ।कर्णाली प्रदेश प्रहरी कार्यालयको लागु औषध ब्युरो र जिल्ला प्रहरी कार्यालयबाट सादा पोसाकमा खटिएको प्रहरीले सुर्खेतको वीरेन्द्रनगर ५ भेटनरीलाईनबाट ४० बर्षिया सुमित्रा कामी, २३ बर्षिया रमेश सुनार, यस्तै वीरेद्रनगर ८ बाट २१ बर्षिय जिवन मर्साङ्गी मगर, २६ बर्षिय ललित सिजाली र २५ बर्षिय उत्तम शाहीलाई २ पुरीया ब्राउन सुगर सहित पक्राउ गरेको हो।

ब्राउन सुगर सहित नगद ७८ हजार १ सय ९० रुपैया पनि प्रहरीले बरामत गरेको छ । बरामत भएको ब्राउन सुगर सुर्खेत जिल्लामा हाल सम्मको सबै भन्दा ठुलो परिमाण रहेको र हाल उक्त ब्राउन सुगरको बजार मुल्य १० लाख सम्म पर्ने जिल्ला प्रहरी कार्यालयका डि एस पी सुरज कार्कीले जानकारी दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close