लो-भोल्टेज विद्युतको समस्या समाधान गर्न सुर्खेत वितरण केन्द्रलाई अल्टिमेटम (भिडियो सहित)

२०४५ सालमा राजा वीरेन्द्रको सुर्खेत भ्रमणका बेला कोहलपुर सुर्खेत ३३ केभी प्रसारण लाइन निर्माण भएको हो ।
अहिलेसम्म पनि कर्णाली प्रदेशको राजधानी सुर्खेत लगायत अन्य ५ जिल्लामा यति प्रसारण लाइनको भरमा विद्युत् सेवा सञ्चालन हुँदै आएको छ । विकास र समृद्धिका ठूल्ठूला चर्चा भए पनि कर्णालीवासीका लागि न्यूनतम आधारभूत सुविधा मानिएको विद्युत् प्रसारण लाइनको ३५ वर्षदेखि स्तरोन्नति हुनसकेको छैन । ३३ केभी क्षमताको ३५ वर्ष पुरानो प्रसारण लाइनबाटै कर्णाली प्रदेशको राजधानी सुर्खेत लगायत कर्णाली प्रदेशका जिल्लाहरूमा अहिलेसम्म विद्युत् सेवा चलिरहेको छ । हाल पछिल्लो समय विद्युतको लो भोल्टेजका कारण सुर्खेत लगायत कर्णालीवासीले निकै सास्ती भोग्न वाध्य छन् । यसै सन्दर्भमा सुर्खेतमा लो भोल्टेज समस्या समाधानका लागि वीरेन्द्रनगरका नागरिकले सुर्खेत वितरण केन्द्रमा एक हप्ता भित्र समस्या समाधानको अल्टिमेट दिएका छन् ।

पुरा भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close